0SubscribersSubscribe
31,786FansLike

TSA COVID-19 Task Force गठन

खबरहरु

बौद्ध धर्मको उद्गमस्थल नेपाल हो : परराष्ट्र मन्त्रालय

भारतीय विदेशमन्त्री एस. जयशंकरले नेपालको लुम्बिनीमा जन्मिएका गौतम बुद्धलाई महान भारतीय भनेर अभिव्यक्ति दिएपछि नेपाली सञ्चालमाध्यमले नेपालको परराष्ट्र मन्त्रालयको...

अमेरिकाको पेन्सलभेनियाबाट तामाङभाषी किशोरी बेपत्ता

बस्टन : अमेरिकाको पेन्सलभेनियाबाट नेपालीभाषी किशोरी हराएकी छन्। १४ वर्षीया शबिका तामाङ बुधबार पेन्सलभेनिया राज्यको डौफिन काउन्टीस्थित स्वट्यारा टाउनशिपबाट हराएकी...

तामाङ सोसाईटी अफ अमेरिका (TSA) को कार्य समितिका पदाधिकारी तथा सल्लाहकार सम्मिलित आज अप्रिल १३ तारिक बसेको अनलाइन Zoom बैठक द्वारा TSA COVID-19 Task Force गठन गरेको छ । विश्व भरि नै महामारीको रुप लिएको कोरोना भाईरसको संक्रमणले अमेरिकाको न्यू योर्क सहर अधिकतम प्रभावित भईरहेको परिप्रेक्षमा समाजमा आफ्ना सदस्यहरुलाई आवश्यक सहयोग पुर्याउने उद्देश्यले तामाङ सोसाईटी अफ अमेरिकाले सो टास्क फोर्स गठन गरेको हो ।
तामाङ सोसाईटी अफ नर्थ अमेरिकाको अध्यक्ष लक्यान लामा, तामाङ सोसाईटी अफ नर्थ अमेरिका एमेर्जेन्सी फन्डका संयोजक सूर्य तामाङ लगाएत सोसाईटीका पूर्व अध्यक्षहरु, सल्लाहकारज्युहरु र संस्थाका पदाधिकारीहरुको संयुक्त बैठकले तामाङ सोसाईटी अफ अमेरिकाका पूर्व अध्यक्ष तथा सल्लाहकार भरत राज मोक्तानको संयोजकत्वमा निम्न ९ सदसिय टास्क फोर्स गठन गरेको छ ।
१. भरत राज मोक्तान – संयोजक
२. विनोद घिसिङ
३. छेमाङ तामाङ
४. व्रजेस मोक्तान
५. दिपेन्द्र लामा
६. लाल तामाङ पाख्रिन
७. कुन्साङ लामा (vijay)
८. निमा गोले तामाङ
९. निमा ल्हामु लामा

आवश्यक्ता अनुसार उपसमिति गठन गरिने र कार्य बिभाजन गरि टास्क फोर्सलाई चुस्त बनाईने छ । उपसमिति गठन र कार्य बिभाजन गरि संपर्क फोन सहित जानकारी गराउने छौं ।
धन्यबाद ।

गोमा योञ्जन
अध्यक्ष
तामाङ सोसाईटी अफ अमेरिका

तपाईंको प्रतिक्रिया दिनुहोस

कृपया आफ्नो प्रतिक्रिया प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम

 

ताजा अपडेट

यो पनि हेर्नुहोस्

- Advertisement -