त्रिकालको सम्पूर्ण।बुद्धबोधिसत्व र मेरो मूल गुरु श्रद्धेय खेन्पो साङ्गे राङज्युङ रिन्पोक्षे ज्युको चरणगमन ,
हामी सबै प्राणीमा बुद्धताको हेतु भएरै पनि राग,द्वेष,अविद्या,ईर्ष्या,अहंले ग्रसित भई संसारीक प्राणी हुन बाध्य छौँ।यस्तो क्लेशबाट शीघ्र मुक्त हुँदै परमसत्य बोधार्थ सदैव गुरुप्रति सदमार्गको अपेक्षा र गुरुको सुस्वास्थ दीर्घायुको प्राथना कामना गर्दछु 🙏🙏🙏💐💐💐
((स्तुपाको इतिहास ))
स्तुपाको महत्त्व बौद्ध धर्ममा अति सम्मान तथा उच्च रहेको छ। स्तुपालाई सम्पुर्ण त्रिकालको बुद्ध तथा बोधिसत्वहरुको चित्तको प्रतीक पनि मान्दछ छ्योतेन स्तुपाको साब्दिक ,अर्थ पुज्यस्थान ! अथवा स्तुति स्थान ! अर्पण स्तम्भ , र पुजा गर्न लायक स्थान हुन्छ ।
स्तुपा निर्माणको इतिहास हेर्दा संसारको सात वीर बुद्ध मध्ये प्रथम सत्ययुगको बुद्ध विपश्वी र शिखि बुद्धकै समयकालदेखि निर्माण भएको उल्लेख शास्त्रहरुमा पाउछौ।।
, विपश्वी बुद्ध बन्धुमति नगर बाट नागदह , हालको काठमाडौं, नागदह जुनसमयमा ठुलो पोखरी थियो र त्यहा विपश्वी बुद्धले , चैत पुर्णिामाको दिन कमलकोबीउ रोपेर कालान्तरमा त्यसैको कारण स्वयम्भू महास्तुपाको निर्माण।भएको शास्त्रहरुमा उल्लेख छ ।।
त्रेतायुगको बुद्ध विश्वभु तथा क्रकुच्छन्द ।
द्वापरयुगको कनकमुनि र काश्यप बुद्धहरुको समयकालमा पनि धेरै स्तुपाहरु भन्नेक्रम यथावत् रह्यो।।
शाक्यमुनि गौतम बुद्धकै समयमा पनि भिक्षु आनन्दसंग भएको अर्हत् शरिपुत्रको अस्तिधातु राखेर अनाथपिण्डकले बुद्धभगवानको अनुमतिमा स्तुपा निर्माण गर्नु भएको थियो।पछि बुद्ध भगवान्को महापरिनिर्वाण पश्चात् उहाको अस्थिधातु राखेर। मगध राजाअजातशत्रु । वैशालीको लिच्छविहरु,। कपिलवस्तुको शाक्यहरु,अल्लकप्पका बुलयहरु,तथा रामग्रामको कोलियहरुले स्तुपा निर्माण गरेको थियो।
, , हाल सम्मपनि नेपाली भूभागमा पर्ने ती ऐतिहासिक मध्ये एक , रामग्राम स्तुपा दर्शनीय रहेको छ । आज भोलि पनि हामी नेपालकै , बुटवल देखि केहि सयमा पुगेर त्यो दर्शन गर्न सक्छौ , जुन हाम्रो भाग्य पनि हो ।
त्यस्तै गौतम बुद्धको जीवनी संग सम्बन्धित आठौं प्रसंगको आठ स्मारक चैत्य पनि जनमानसमा निक्कै लोकप्रिय रहेको छ । जुन पहाडी तथा हिमालय क्षेत्रको प्रायःजसो गुम्बाहरुमा आठ स्तुपा निर्माण हुने परम्परा हालसम्म पनि जिवन्त रहेको छ। हामी धेरैजसो गुम्बाकोवरिपरि आठ स्तुपाको देख्छौँ ,

((आठ स्तुपाको जसको अर्थ यस्तो रहेको छ )),
१) पद्मकुट स्तुपा ,प्रथम यो स्तुपा राजा सुद्धोदनले लुम्बिनीमा निर्माण गर्नु भएको थियोे यो बुद्धको जन्मसंग सम्बन्धित मानिन्छ।
२) बोधिस्तुपा , प्रथम यो स्तुपा मगध सम्राट बिम्बिसारले , बोधगयामा बुद्धले बुद्धत्व ज्ञान पाएको स्मृतिमा निर्माण गर्नु भएको थियोे।
३) मंगलद्वार स्तुपा ,यो स्तुपा बुद्धले सारनाथमा प्रथम पटक धर्मचक्र प्रवर्तन गरेको स्मरणमा पाच भिक्षु जो सबै ब्राह्मण पुत्रहरु थियो उहाहरुले निर्माण गर्नु भएको थियोे।
४) प्रातिहार्य स्तुपा , यो स्तुपा चेतवनमा मार तथा बौद्ध धर्म शिक्षा विरोधी हरुमाथी विजय हासिल गर्नु भएको स्मरणमा लिच्छविहरुले वैशालीमा निर्माण गर्नु भएको थियोे।
५) देवअवतरण स्तुपा , यो स्तुपा तुषित लोकमा भगवान् बुद्धले , आफ्नोआमा तथा देवदेवीलाई धर्मप्रदान गरेर फर्कनु भएको खुसियालीमा जनसमुदायले , सांकाश्यमा निर्माण भएको थियो।
६)संघ पुनगठन स्तुपा अथवा अन्तर सन्धि स्तुपा , देवदत्तले राजगृहको वेलुवनमा धर्म संघलाई केही क्षण आघात पुर्याएर पुनःधर्म संघ एकीकृत भएको स्मरणमा मगध जनताबाट निर्माण भएको थियो ।
७) विजयी स्तुपा ,यो स्तुपा बुद्ध भगवान् ८० बर्षको उमेरमा निर्वाण प्रात गर्नु हुने बखत भिक्षु आनन्द आदिले केही विन्ती पुर्ण भए अनुसार निर्माण भएको थियो।
८) निर्वाण स्तुपा , यो स्तुपा बुद्धभगवान्ले निर्वाण प्रात गरेको दुःखदायी क्षणमा त्यहाको राजाले कुशीनगरमा निर्माण गर्नु भएको थियो।
यस्तो सदीयौंदेखिको परम्परा महत्त्वको स्तुपा निर्माणकार्य आधुनिक समयमा पनि संसारभर कायमै रहेको पाईन्छ। चाईना जापन नेपाल भारत मंगोलिया श्रीलंका थाइल्यान्ड बर्मामा दुई हजार बर्ष भन्दा पुरानो अनगिन्ती स्तुपाहरु हामी आज पनि दर्शन गर्न सक्छौं।
युरोप तथा संसारमै आजभोलि स्तुपा एकदमै धेरै निर्माण भएको छ।हाम्रो भौतिक शरीरको अन्त पछि मृतकको नाम स्मृतिमा स्तुपा बनाउने परम्परा पनि चल्दै आएको छ।तर विधिवत स्तुपाको निर्माण गर्दा साधारण मान्छेको अस्तु राखिदैन,
कतै राख्ने चलन भएपनि,यो बौद्ध स्तुपा निर्माण मान्यताको विपरीत हुन जान्छ।

(( प्रायःजसो पहाडी तथा हिमाली क्षेत्रमा देखिने च्याङछ्पुप् छ्योर्तेन ))
च्याङछ्पुप् छ्योर्तेन् अर्थात् , बोधिस्तुपा र स्तुपानिर्माणको प्रक्रिया।च्याङछ्युप छोर्तेन,अर्थात बोधिस्तुपाभन्नाले,भगवान् बुद्धले पैतीस बर्षको उमेरमा बुद्धगयाको बोधिवृक्षमा बुद्धत्व ज्ञान हासिल गरेको स्मरणमा बुद्धगयामा यो स्तुपा मगध सम्राट बिम्बिसारले निर्माण गर्नु भएको थियोे।
यो स्तुपा आठै, स्तुपाको एकै संग्रह पनि मानिन्छ।बोधिस्तुपा विधिपूर्वक निमार्ण गर्नाले माथिकोआठै स्तुपाको प्रतिनिधित्व पनि हुन्छ।यसमा तीनतहको पेटि माथि चतुर्भुज आकारको कुम्भ हुन्छ।यसलाई शान्ति स्तुपा पनि भन्दछ् ,विभिन्न मार विध्नबाधा र अनिष्टलाई रोकथाम गर्ने शान्तिस्तुपा । शान्ति स्तुपाले हामीले हाम्रो जीवनमा व्यवहारिक रुपमै सहनशीलता सत्कर्म धैर्यता अपनाउनु पर्छ भन्ने सन्देश पनि दिन्छ।
( के हुन्छ स्तुपा भित्र )
स्तुपा भित्र स्तुपाको मध्यभागमा चन्दन धुपि अथवा यस्तै दुर्लभ काठको(सोकसिङ)मेरुदण्ड विधिसम्मत काटेर पुर्व पश्चिम चारै दिशा छुट्टयाएर रन्जना लिपिमा सुनको अक्षरले अति पवित्र मन्त्र लेखिन्छ।काठको मेरुदण्डमा सिरको ब्रम्हनलि देखि नाभि सम्मको अतिनै गोप्य गुह्य मण्डलको मन्त्र लेखिन्छ।
यहाँ अति विधिवत परम्परा तथा होसियार अप्पनाईन्छ। यो लेख्न गुरु आज्ञाअभिषेक आगम तथा साधना महत्त्वपूर्ण मानिन्छ।काय वाक चित्तको प्रतीक मन्त्र तथा सामाग्री हरु माथिल्लो कुम्भभागमा हाल्दछ्।
बुद्ध बचनको शास्त्र किताबहरु विभिन्न तीर्थ,पवित्र स्थलको माटो । हिमालको धातु । मध्यपहाडको मणि रत्न । समुन्द्रको खार ।अनि संसारको अमुल्य पञ्चरत्न जुन थोरै विधिमात्रै भए पनि राखिन्छ।
तल गद्दी स्थानमा पुजाबिधि अनुसारको
१)सा,पुम्पा “”” भुमिपति लोटा ,
२) (ल्हु,पुम्पा “” नाग लोटा )
३सह लोटा “” याङपुम्वा,)
(छ्छाचा)माटोको सानोसानो धेरै स्तुपा तथा पुरानो सामनहरु,।
सबैभन्दा तल गृहस्थ हरुलाई अतिआवश्यक कुट्टो कोदालो फालि , हात हतियार भाडाबर्तन हरु पनि राखिन्छ अन्नपात सतबीउ हर्रा बर्रा अमला पाच आमले आदि महत्त्वपूर्ण जडिबुटी हरुपनि राख्नै पर्छ।
;(( स्तुपाको परिक्रमा तथा पुजा गर्दाको फाईदा ))
स्तुपा बुद्ध तथा बोधिसत्वहरुको चित्तको प्रतीक हुनाले यहाँ,पुजाआरधना गर्दा सम्पूर्ण बुद्ध बोधिसत्वलाई पुजा सत्कार गरेको झै पुण्य पाईन्छ।स्तुपामा राखेको करोडौं पवित्र मन्त्रहरुको प्रतापले स्तुपामा पुजा परिक्रमा गर्नाले तनमन बचन द्वारा सञ्चय गरेको कुकर्महरु क्षय हुँदै जाने तथा सत्कर्ममा प्रेरणा र पाप नष्ट हुन्छ।
स्तुपा भित्रको विभिन्न धातु तथा रत्नहरुको प्राकृतिक उर्जाले मनोकामना पुर्ण हुन्छ।स्तुपा निर्माण गर्दा विधिवतरुपले राखेको पञ्च अन्नको सह प्रतापले गाउँमा अन्नउब्जनी राम्रो तथा अभाव कहिले हुदैन्।फालि तथा कुट्टो कोदालो घरायसी काममा चाहिने सामग्रीको प्रभावले खेतीपाती राम्रो हुन्छ।बहुमुल्य जडिबुटीको प्राकृतिक शक्तिले स्तुपामा पुजा प्राथना गर्नाले रोग कष्टहरु न्यूनीकरण भएर जानेछ्।
गाउघरमा स्तुपाको स्थापन गर्नाले महामारी अनिकाल भोकमरी जस्तो आपत हरु कहिले हुदैन्।साथै गाउघर तथा निर्माण कर्ताको घरमा सहको बाँस तथा स्तुपाको पुण्य प्रभाव कालान्तर सम्मै रहनेछ।
स्तुपा निर्माण गर्दा अथाह पुण्यहरु प्रात हुन्छ स्तुपा निर्माण गर्दा एकमुठि बालुवा मात्रै आफ्नो रगत पसिनाले आर्जित पैसाले किनेर तथा आफै श्रम कर्म गरेर लगाएमा युगौँ युगसम्म स्तुपामा अरुले पुजाश्रद्धा गर्दा पनि त्यो दातालाई पुण्य प्राप्ति भैरहन्छ।
,, जसको पुण्यले हाम्रो मृत्यु पश्चात् आआफ्नै कर्मले गर्दा कतै१) पशुलोक
२) प्रेतलोक
३)नर्कलोक
४)देवलोक
५)असुरलोक
६)मनुष्यलोक
यी ६, लोक , मध्ये , माथिको तीन दुर्गतीमा भए, त्यहा बाट शीघ्र मोक्ष प्रात हुने तथा,
तीन सुगतिमै भए पनि दिनानुदिन हाम्रो समृद्धि ऐश्वर्य स्वास्थ सफल हुने पुण्य प्रात भैरहन्छ।अन्य कुरामा खर्च गरेको भन्दा स्तुपामा खर्च गरेको पुण्य अथाह हुन्छ मृतकहरुको चित्त अनेकौं असन्तुष्टि मोहले दुर्गतिमा जाग्रीति (प्रेत) भएर अन्तरभावमै रुम्मलि रहेको हरुपनि। सन्तान आफन्तहरुले स्तुपा निर्माण गरेर पुण्य अनुमोदन गर्नाले प्रेत अन्तरभावबाट मुत्त हुन्छ।
अन्य कुरामा हाम्रो धनसम्पत्ति खर्चनाले राग द्वेष ईष्र्या घमण्डता पश्चताप् धेरै आउछ।तर स्तुपाआदि आध्यात्मिक बस्तुले जोकोहीको पनि मनमा श्रद्धा आस्ता हुने हुदा,स्तुपा निर्माण गरेको पुण्य विषेश हुन्छ।
स्तुपा दर्शनले ६ लोकनै विशेषतः प्रेतलोक तथा पशुलोक प्राणीको दर्शन उद्धार फाईदा हुनेछ् ।योग्य गुरु बाट सुप्रतिष्ठा भएको स्तुपामा दर्शन पुजा मात्रै गर्नाले सदीयौंदेखिको गालीश्राप ऋण तथा पाप काटिने,पुण्य सञ्चय हुन्छ।

((स्तुपालाई अपहेलना गर्नाको हानी नोक्सानी))
यदी कसैको यस्तो आध्यात्मिक अमुल्य स्तुपाको तोडफोड आगजनी तथा हानी नोक्सानी पुर्याएमा
(पाच आनन्तर्य) पाच महापाप,झै पाप लाग्नेछ ।
पितृघात मातृघात अर्हतघात संघभेद् साधु सन्त गुरु तथा अर्हतको कायमा दुर्भावना पुर्वक कुटपिट गरेको झै पाप लाग्छ ।साथै यस्तो जनहितकारी स्तम्भ सम्पदा तोडफोड गर्नाले जीवनमा जहिले अभाव दुख रोग अपजस आरोप अकल्पनीय घटनाहरुको जहिल्यै समना गर्नु पर्छ
Sange legden grg bhupen.